धनगढी: तत्कालीन गृहमन्त्री रवि लामिछानेका पालामा देशैभए एकलट प्रहरीका (सादा पोसाकमा खटिएका) घुमुवा हटाइए। पुराना तथा लामोसमय सोही जिम्मेवारीमा बिराजमानहरुलाई हटाएर त्यो बेला नयाँ नयाँ राख्ने भन्दै देशैभर गृहमन्त्रीले नै उर्दी जारी गरे।
सोही उर्दीमा प्रहरी हेडक्वार्टरले पनि सबैतिर परिपत्र गर्दै केही समय घुमुवा राखेन। तर पछि लामिछाने गृहमन्त्री हुँदै जिल्ला प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालय लगायत अन्य कार्यालय र युनिटहरुले पनि अपराध अनुसन्धान तथा मुद्धा शाखाका नाममा घुमुवा परिचालन गरे।
त्यहीँ बेला सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, नेपाल प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर, जिल्ला प्रहरी कार्यालय कैलाली र कञ्चनपुर लगायत केही वडा प्रहरी र इलाका प्रहरी कार्यालयले समेत घुमुवा पुनः सक्रिय गराए।
सो समयमा केही नयाँ मान्छेलाई जिम्मेवारी दिएपनी अधिकांश मान्छे पुरानै र विवादित छविका राखिएको भन्दै आलोचना भयो। आलोचनामात्र होइन, सुदूरपश्चिम प्रदेश प्रहरीको आरआइटीबाट पीआइटी (अपराध अनुसन्धान समूह) बनाइएको टोली पनि निकै गिजोलियो।
एकताका सो टोलीमा इन्चार्ज २ हप्ता पनि नटिकेर परिवर्तन गर्ने शृङ्खला नै चल्यो। पछिल्लो समय सो टोलीमा सई बासुदेव अवस्थी कमान्डर छन्। तर उनको टोलीले अपेक्षित काम गर्न नसकेको प्रहरीभित्रै गुनासो छ।
पहिलेजस्तो लागुऔषध, तस्करी नियन्त्रण लगायत अन्य चोरी पैठारी नियन्त्रण हुन नसकेको उनीहरूमाथि आरोप छ। उसो त जिल्ला प्रहरी कार्यालयका टोलीहरु पनि गुमनामजस्तै छन्। जिल्लाका नाका क्षेत्र खुकुलो हुँदै गएको परिस्थितिमा प्रहरीका घुमुवा बेकामे बन्दै गएको केही प्रहरी अधिकृतहरुकै भनाई छ।
उता महेन्द्रनगरमा अफिस रहेको प्रदेश प्रहरीको घुमुवाको इन्चार्ज सई सुशील चन्द छ्न् भने जिप्रका कैलालीमा सई गजेन्द्र चन्द, कञ्चनपुरमा भानबहादुर चन्द लगायत सुदूरपश्चिमका सबै जिल्लामा घुमुवाका टोली परिचालित छन्।
अन्य जिल्लातिर पनि घुमुवाको कार्यसम्पादन शुन्यप्राय: देखिन्छ। यहीँ क्रममा मुलुकले नयाँ गृहमन्त्रीको रुपमा रमेश लेखकलाई पाएको छ। उनको प्रहरी चलाउने शैली र नीति भने हेर्न बाँकी छ।
र यो पनि !
सुदूरपश्चिमसहित देशैभर प्रहरीका ‘घुमुवा’ हटाउन उर्दी
सुदूरपश्चिममा प्रहरीका ‘घुमुवा’ हटाइए