काठमाडौं : पोखरास्थित एक क्लबभित्र घुसेपछि विवादमा आएका डिएसपी हेडक्वाटर तानिएका छन्।
बर्दि लगाएर मदिराले लठ्ठिएर ब्रेथलाइजर र ट्राफिक प्रहरीसहित क्लबभित्रै छिरेका वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी राजेन्द्र कुमार श्रेष्ठ हेडक्वाटर तानिएका हुन्।
विवादमा आएपछि प्रहरी प्रधान कार्यालयले उनलाई तानेको हो।
स्रोतका अनुसार उनीविरुद्ध प्रहरी प्रधान कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र गृहमन्त्रालयमा समेत उजुरी पुगेको थियो।
अहिले उनको ठाउँमा डिएसपी सन्तोष निरौलालाई खटाइएको छ।
Facebook Comments Box