धनगढी : आज बिहानैदेखि अवरुद्ध भएको बझाङको जयपृथ्वी राजमार्ग ९ घण्टापछि सुचारू भएको छ।
बित्थडचिर गाउँपालिका-४ स्थित बल्लेखोलामा आज बिहान ६ बजे पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियो।
गाउँपालिकाको मेसिन र सडक विभागको मेसिनको सहायताले पहिरो पन्छाएर दिउँसो २ बजे देखि राजमार्ग पुनः सुचारू गरिएको छ। पहिरो पन्छाउने कार्यमा स्थानीय प्रशासन र गाउँपालिकाले समन्वय गरि तदारुकता देखाएका थिए।
यस अवरोधका कारण यातायात सेवा प्रभावित भई यात्रुहरूलाई असुविधा भएको थियो। पहिरोको कारणले गर्दा केही समयका लागि यातायात सेवा पूर्ण रूपमा ठप्प भएको थियो ।
Facebook Comments Box