धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका १९ स्थित सीमामा तैनाथ शसस्त्र प्रहरी बाढीका कारण बिचल्लीमा परेको छ । मोहन नदीमा आएको बाढीका कारण सशस्त्र प्रहरी बल नेपाल बिओपि लल्लिपुर विस्थापित भएको हो ।
बिओपिमा लल्लिपुरमा सशस्त्र प्रहरी नायब निरीक्षक यज्ञराज भट्टराईको कमान्डमा कार्यरत टोली बिचल्लीमा परेको छ । विस्थापित सशस्त्र प्रहरी स्थानीय सामुदायिक भवनमा बस्दै आएको छ । सिमा सुरक्षा गर्ने उद्देश्यले २०७८ साउन १८ गते स्थापना भएको बिओपि लल्लीपुर गत असार २४ गते विस्थापित भएको हो । मोहना नदीको बाढीका कारण बिओपिको भवन बगउन थालेका कारण बिओपि विस्थापित हुनुपरेको हो । बढीले प्रतीक्षालय , सेन्ट्रीपोष्ट र आँगन बगाई सकेको छ ।
बाढीका कारण करिब ३ करोडको नोक्सान हुन थालेको बिओपि ईन्जार्ज यज्ञराज भट्टराईले बताए । बिओपि लल्लिपुरबाट करिब तीन किलोमिटिर टाढाबाट सशस्त्र प्रहरीले सिमा क्षेत्रको गस्ती गरिरहेको छ ।
मोहना नदी किनारमा रहेको नेपाल भारतको सात किलोमिटर सिमा रक्षा गर्न स्थापना भएको बिओपि लल्लीपुर स्थापना भएपछि सिमा क्षेत्रमा चोरी तस्करी समेत नियन्त्रणमा आएको स्थानीयको भनाई छ । यस अघि सो क्षेत्रबाट दैनिक जसो भारतिय सिमा क्षेत्रबाट नेपालीहरूको घरबाट चोरी हुने गरेको थियो ।
जिल्लाको एक सय पाँच किलोमिटर नेपाल भारत सिमा क्षेत्रमा १९ स्थानमा सशस्त्र प्रहरी युनिट प्रहरी कार्यरत रहेको छ । सिमा क्षेत्रमा रहेका युनिट मध्य अन्य छ ओटा युनिट समेत डुबानको समस्यामा रहेको सशस्त्र प्रहरी बल नेपालका कैलाली प्रमुख एसपी दलबहादुर पाण्डेले दिए । बिओपि लल्लिपुरको हकमा भने अन्य बैकल्पिक ब्यबस्था गरेने समेत एसपी पाण्डेको भनाई छ ।