अछाम: प्रहरीले अछामको पञ्चदेवल विनायक नगरपालिकाबाट अवैध घरेलु मदिरा बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय अछामका अनुसार उक्त नगरपालिकाको वडा नम्बर ३ र २ को कच्ची सडकखण्डमा अवैध घरेलु मदिरा ओसार पसार गरिरहेको अवस्थामा फेला पारी बरामद गरिएको हो।
बिहीवार ५० लिटर र शुक्रवार १०५ लिटर गरेर १ सय ५५ लिटर अवैध घरेल मदिरा बरामद गरि नष्ट गरिएको अछाम प्रहरीले जनाएको छ।
Facebook Comments Box