धनगढी: कैलालीमा सालकाे रूखमा माेटरसाइकल ठाेक्किदा दुई जना गम्भीर घाइते भएका छन्।
शनिबार राति ८ बजेतिर भजनी नगरपालिका -९ स्थित सुखड-भजनी सडकखण्डमा पश्चिमबाट उत्तरतर्फ गइरहेको से २ प १९९२ नम्बरको माेाटरसाईकल सालकाे ४२ रूखमा ठाेक्किएकाे प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते चालक भजनीका मकालु चाैधरी र पछाडि सवार घाेडाघाेडी नगरपालिका- ३ बस्ने ४२ वर्षीय जगतराम चाैधरीकाे निसर्ग हस्पिटल धनगढीकाे आईसीयूमा राखेर उपचार भइरहेको छ। उनीहरू दुवैकाे अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
यस्तै धनगढीमा दुईवटा माेटरसाईकल एकआपसमा ठाेक्किदा भएकाे दुर्घटनामा एक जनाकाे मृत्यु भएकाे छ।
शनिबार धनगढी उपमहानगरपालिका-१४ फूलबारीस्थित हुलाकी सडकखण्डमा से ४ प ४७२९ र से ५ प ५६५३ नम्बरको माेटरसाईकल आपसमा ठाेक्किएका थिए।
दुवै माेटरसाईकलका चालक गम्भीर घाइते भएर निसर्ग हस्पिटल धनगढीमा उपचार भइरहेको थियाे।
उपचारकै क्रममा से ५ प ५६५३ नम्बरका माेटरसाईकल चालक फूलबारीकै ५० वर्षीय कुलप्रसाद पंगालीकाे मृत्यु भएको प्रहरीले जनाएको छ।
अर्का चालक २६ वर्षीय आश्वीन पाैडेलकाे भने निसर्गकै आईसीयूमा राखेर उपचार भइरहेको छ।