धनगढी : दाउरा निकाल्ने क्रममा डुबेर महाकाली नदीमा बेपत्ता व्यक्तिको शव फेला परेको छ ।
शनिबार साँझ कञ्चनपुरको दोधाराचाँदनी झोलुङ्गे पुल नजिक महाकाली नदीमा डुबेर बेपत्ता भएका दोधाराचाँदनी नगरपालिका-४ बस्ने अन्दाजी ५० वर्षीय रतन भट्टको शव फेला परेको हो । खोजीकार्य गर्दै जाँदा आइतबार मध्यान्ह शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेश जोशीले जानकारी दिए ।
नदीले बगाएर ल्याएका दाउरा सङ्कलन गर्ने क्रममा अकस्मात् नदीमा पानीको बहाव बढेपछि भट्ट बेपत्ता भएका थिए । उनको शव दोधाराचाँदनी नगरपालिका वडा नम्बर ६ संसारी टोल स्थित महाकालीको बगरमा शव फेला परेको बताइएको छ ।
शवको परीक्षण गरेर परिवारजनलाई बुझाइने र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box