काठमाडौं: हाल नेपाल प्रहरीमा २ नायव महानिरीक्षक (डिआइजी) पद रिक्त छ। यस्तै यस अगाडि एक एआईजी पद पनि रिक्त रहेकोमा डिआईजी रामदत्त जोशी बढुवा सिफारिस भैसकेका छन्।
उनले केही दिनमै एआईजीको फुली लगाउने कार्यक्रमसमेत छ।
प्रहरी मुख्यालयका अनुसार अहिले रिक्त रहेका २ डिआईजीका लागि तीव्र प्रतिस्पर्धा देखिएको छ। जसमा दुई पदका लागि दर्जन बढी एसएसपीहरु दौडधुप गरिरहेका छन्।
स्रोतका अनुसार अहिलेको बढुवामा हालका आइजीपीको ब्याचमेटदेखि २०५४ को टोलीसम्म प्रतिस्पर्धामा छ। जहाँ एसएसपी गणेश चन्द, दिल्लीराज बिष्ट, ध्रुवराज राउत, भोलाबहादुर रावल, सिद्धिविक्रम शाह, सुशील सिंह राठौर, उमा प्रसाद चतुर्वेदी, जीवन कुमार श्रेष्ठ, दिनेश आचार्यहरुसहितका प्रतिस्पर्धी देखिएका छन्।
हालै नयाँ गृहमन्त्रीको रुपमा रमेश लेखक आएकाले उनको बढुवामा हस्तक्षेप हुने भएकाले अहिले नै को बढुवा हुने भन्ने यकिन गर्न नसकिने स्रोतको दाबी छ।
किनभने लेखकले आउँदाआउँदै प्रहरीका काज तथा सरुवा बढुवामा व्यापक हस्तक्षेप थाल्दा आइजीपी बसन्तबहादुर कुँवर कठपुतली बनेका छन्।