धनगढी: कैलालीमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई २० वर्षपछि पक्राउ गरिएको छ।
पक्राउ पर्नेमा भजनी नगरपालिका–८ बस्ने ४७ वर्षीय लल्लन जागा रहेका छन्। जागा २०६१ साल ३० जेठदेखि कर्तव्य ज्यान मुद्वामा दोषी ठहर भएर फरार रहेका थिए।
उनलाई सोमबार बिहान साढे १० बजे बर्दीया मधुवन नगरपालिका–४ ढोडरी बजारस्थित बेलुवा चोकबाट ईलाका प्रहरी कार्यालय राजापुर बर्दीयाको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
उनलाई कैलाली ल्याएर ईलाका प्रहरी कार्यालय भजनीको हिरासत कक्षमा राखिएको छ। जागालाई आवश्यक कारवाहीका लागि अदालतमा पेश गरिने प्रहरीले जनाएको छ।
Facebook Comments Box