रुकुमपश्चिम– रुकुम पश्चिमको मुसिकोटमा काँग्रेस र माओवादीका कार्यकर्ताबीच झडप भएको छ । आपसी विवादका क्रममा दुई पक्षबीच झडप भएको हो ।
झडपका क्रममा १० जना घाइते भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । झडपमा दुबै पक्षका गरी १० जना घाइते भएको प्रहरी प्रवक्ता एसएसपी विष्णु केसीले बताए ।
अर्थमन्त्री जनार्दन शर्माको गृहजिल्लासमेत रहको रुकुम पश्चिमको मुसिकोटमा एमाले र काँग्रेसको गठबन्धन छ भने माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीबीच अर्को चुनावी गठबन्धन छ ।
Facebook Comments Box