धनगढी : कैलालीको गेटास्थित मेडिकल कलेज नजिक एक अज्ञात महिलाको मृत्यु भएको छ।
घटनास्थलबाट प्राप्त जानकारी अनुसार, अन्दाजी ३५/४० वर्षकी ती महिलाको टाउकोको पछाडि चोट लागेको अवस्थामा भेटिएकी थिइन्।
उक्त महिलालाई अस्पतालको कर्मचारीले देखेपछि प्रहरी चौकी गेटामा खबर गरेका थिए। प्रहरी टोली तुरुन्तै घटनास्थलमा पुगेर घाइते महिलालाई प्राथमिक उपचारको लागि पदमा अस्पताल अत्तरियामा पठाएको थियो।
थप उपचारको लागि उनलाई सेती प्रादेशिक अस्पताल धनगढीमा लगिएको थियो, जहाँ राति ८:१५ बजे उपचारकै क्रममा उनको मृत्यु भएको पुष्टि भएको छ।
मृतक महिलाको लाश सेती प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ। हालसम्म उक्त महिलाको पहिचान खुल्न सकेको छैन।
प्रहरीले सम्बन्धित व्यक्ति वा पीडितको आफन्तलाई पहिचानका लागि नजिकको प्रहरी कार्यालयमा सम्पर्क राख्न अनुरोध गरेको छ।
Facebook Comments Box