धनगढी : डोटीमा सिकार खेल्ने क्रममा बन्दुकको गोली लागेर एक जनाको मृत्यु भएको छ ।
जिल्लाको पुर्विचौकी गाउँपालिका वडा नम्बर ६ गाँजरीका अन्दाजी ३० वर्षीय अमर थापाको सिकार खेल्ने क्रममा गोली लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिएका छन् ।
सोही ठाउँको घोत्नेगडा सामुदायिक वनमा सिकार खेल्न गएका थापाको शुक्रवार बिहान करिब ११ बजेतिर गोली लागेर घटना स्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
Facebook Comments Box