धनगढी : एमालेको अन्तरपार्टी निर्देशन १० मा बझाङ जिल्ला कमिटीमा जिम्मेवारी तोकिएको छ । जिल्ला अधिवेशन हुन बाँकी रहेको बझाङका केन्द्रबाटै जिल्ला कमिटी विस्तार गरिएको हो ।
अपानीमा कलबहादुर खड्कालाई अध्यक्ष तोकिएको छ । उपाध्यक्षमा मोहन जोशी सचिवमा आनन्द विक,उपसचिवमा सुरत बहादुर सिंहलाई जिम्मेवारी तोकिएको छ ।
उमेश बोहरा,कलक रोकाया धर्मराज खड्का,राकेश सिंह, लोकेन्द्र बोहरा, प्रयागराज जोशी लोकेन्द्र सिंह, रामप्रसाद जप्रेल, भुवनेश्वर उपाध्याय,प्रेम मल्ल, हर्कबहादुर बोहरा, विष्णु प्रसाद नेपाली, दिनेश नेपाली र राधा विष्ट समेत रहेको सङ्गठन कमिटी गठनको प्रस्ताव अनुमोदन गरेको उल्लेख गरिएको छ ।
Facebook Comments Box