धनगढी : नेकपा एमालेले बझाङको प्रतिनिधिसभा निर्वाचन क्षेत्रको इन्चार्जमा ऐन महरलाई जिम्मेवारी दिएको छ । एमालेको अन्तरपार्टी निर्देशन १० महरलाई जिम्मेवारी तोकिएको छ ।
गत बिहीबार बसेको सचिवालय बैठकले महरलाई प्रतिनिधिसभा निर्वाचन क्षेत्रको इन्चार्ज तोकेको भए पनि विज्ञप्तिमा नाम छुट्न गएको थियो ।
त्यसपछि महरको जिम्मेवारी आज जारी भएको अपानि १० मा सार्वजनिक गरिएको छ ।
Facebook Comments Box