धनगढी : कैलालीमा अवैध भन्सार छलि गरि ल्याइएका विभिन्न सामानहरू प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मंगलबार जिल्लाका विभिन्न स्थानहरूबाट अन्दाजी मूल्य १ लाख २३ हजार ७२० रुपयाँ बराबरको सामान बरामद गरेको छ ।
प्रहरीले कैलाली जिल्लाको टिकापुर नगरपालिका ९ खैरीपुर, भजनी नगरपालिका ५ लालबोझी, कैलारी गाउँपालिका ५ पबेरा र मोहनपुरबाट वेवारिसे अवस्थामा रहेका सामानहरू बरामद गरेको हो। बरामद गरिएका सामानहरूमा प्याज, चिनी, दाल, केराउ, खाने तेल, सुर्ती, चप्पल, पानीपुरी, सिलिङ पंखाको ब्याट्री, औषधि, खुर्सानी लगायतका वस्तुहरू रहेका छन्।
प्रहरीले यी सामानहरू अबैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएको जनाएको छ। प्रहरीले आवश्यक कानूनी प्रक्रिया पुरा गरी सामानहरूलाई नियन्त्रणमा लिएको छ र घटनाको थप अनुसन्धान भइरहेको बताएको छ।
Facebook Comments Box