धनगढीः बैतडीका मानबहादुर बिष्टको मलेसियामा निधन भएको छ। जिल्लाको सुर्नया गाउँपालिका–२ ग्वानीका बिष्ट शुक्रवार काम सकेर साझँ कोठामा फर्केका थिए। उनको एक्कासी टाउको दुखेपछि साथीहरुले अस्पताल लगेका थिए।
मलेसियामै रहेका पुर्णबहादुर बिष्टका अनुसार उपचारको क्रममा राति १० बजे मानबहादुरको मृत्यु भएको हो। मलेसियाको अजम अर्मदा सेक्युरिटी कम्पनिमा कार्यरत मानबहादुरको शव पोस्टमार्टमका लागि अस्पतालमै राखिएको छ। आज आधा दिन कार्यालय खुला हुने भएका कारण पोस्टमार्टम हुन सकेको छैन।
मलेसियामै रहेका पुर्णबहादुर बिष्टका अनुसा आइतवार पनि विदा भएका कारण सोमवार मात्रै पोस्टमार्टम गरिने र अस्पतालले मृत्यु प्रमाणपत्र दिए पश्चात शव बुझिने छ। त्यसपछि मात्रै शव नेपाल ल्याउने प्रक्रिया शुरु हुने बताइएको छ। परिवारले उनको शव चाँडै नेपाल ल्याउने वातावरण मिलाउन आग्रह गरेका छन्।