धनगढी: कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित महेन्द्रनगर क्षेत्रमा छाडा चौपायाहरुको उपचार तथा बन्ध्याकरण गरिएको छ। आज (शनिबार) वैजनाथ माद्यामिक विद्यालयको टोलीले सो कार्य गरेको हो।
सो विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष तथा समाजसेवी अच्युत कलौनीले छाडा चौपायाको व्यवस्थापनका लागि अभियान थालिएको जानकारी दिए। उनका अनुसार बजार क्षेत्रदेखि नेपाल भारत सीमाना गड्डाचौकीसम्म छाडा चौपायालाई नियन्त्रणमा लिएर तिनीहरुको उपचार र बन्ध्याकरण गरिएको हो।
नगरपालिकाले छाडा चौपाया व्यवस्थापन गर्न नसकेको गुनासो बढेकै बेला सो टोलीले उपचार थालेको जनाएको छ। सो अभियान जारी रहेको बताइन्छ।
Facebook Comments Box