धनगढी: कञ्चनपुरको दोधारा चाँदनीमा बाघको आतंकपछि कैलालीमा चितुवाले आतंक मच्चाएको पाइएको छ। केही समय अगाडि दोधारामा बाघले एक महिलाको ज्यानै लिएको थियो।
त्यसपछि सो बाघलाई नियन्त्रणमा लिएर बर्दिया पठाइएको थियो।
सो घटना सेलाउन नपाएकै अवस्थामा कैलालीमा चितुवाले आतंक मच्चाएको प्रहरीले जानकारी दिएको छ। कैलालीको पूर्वी क्षेत्र टीकापुर आसपासमा चितुवाले आतंक मच्चाएको हो।
प्रहरीका अनुसार अहिलेसम्म केही बाख्रा, बङ्गुर र कुकुरलाई चितुवाले मारिसकेको छ। यस्तै अहिले वन कार्यालयको टोलीले बर्दियाको निकुञ्जको टोलीलाई सम्पर्क गरेर चितुवा नियन्त्रणमा लिन काम गरिरहेको बताइएको छ।
Facebook Comments Box