काठमाडौं: पूर्वमन्त्री र केही कलाकार जुवा खेलिरहेको अवस्थामा रंगेहात पक्राउ परेका छन्। कोशी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री बुद्धिकुमार राजभण्डारीसहित ११ जना काठमाडौं गौरीघाट नजिकैबाट पक्राउ परेका हुन्।
सोलुखुम्बुको सोताङ गाउँपालिकाका पूर्वअध्यक्ष वीरबहादुर तामाङ र टेलि सिरियल सक्किगोनीका कलाकार तथा प्रहरीका पूर्व इन्सपेक्टर पुरुषोत्तम शर्मालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। कलाकार शर्मा टेलि सिरियलमा पनि प्रहरीको भूमिकामा देखिँदै आएका थिए।
त्यस्तै पक्राउ परेका अन्यमा उत्तमकुमार राई, अनिश तामाङ, ठूला तामाङ, दिपक खड्का, भीम बहादुर साम्बाहाम्फे, रवि श्रेष्ठ, राजु महत र माधव थापा हुन्। खालबाट डेढ लाख नगद र १६ बुक तास बरामद गरिएका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box