धनगढी : सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँ र बागमती प्रदेश प्रमुख दीपक देवकोटाबिच भेटवार्ता भएको छ ।
सुदूरपश्चिम प्रदेश प्रमुख मियाँको निवासमा दुई प्रदेश प्रमुखहरू बिच भेटवार्ता भएको हो ।
धनगढी निवासी देवकोटालाई सरकारको सिफारिसमा साउन १६ गते राष्ट्रपति रामचन्द्र पौडेलले प्रदेश प्रमुखमा नियुक्त गरेका थिए ।
प्रदेश प्रमुख नियुक्त भएपछि पहिलो पटक देवकोटा धनगढी पुगेका हुन् । प्रदेश प्रमुख मियाँले प्रदेश प्रमुख देवकोटालाई आज आफ्नो निवासमा स्वगत तथा बधाई ज्ञापन गर्दै सफल कार्यकालको कामना समेत गरेका थिए ।
भेटवार्तामा दुबै प्रदेश प्रमुखबिच समन्वय र सहकार्य गरि अगाडी बढ्ने विषयमा छलफल भएको थियो । संविधान कार्यान्वयन गर्दै अगाडी बढ्ने दुबै प्रदेश प्रमुखहरूले बताएका थिए । दुबै प्रदेश प्रमुखहरूले एक अर्कालाई शुभकामना दिएका थिए ।
अनुभव आदान प्रदान गर्दै संवृद्धि र विकासका बिचमा पनि छलफल गरिएको थियो ।