काठमाडौं– आसन्न वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन सुरक्षाका लागि भर्ना गरिएका पाँच जना म्यादी प्रहरीको मृत्यु भएको छ । जसमध्ये एक जनाले आत्महत्या गरेकी छन् ।
ड्युटीमा खटिएकाहरुमध्ये काठमाडौं, हुम्ला र नुवाकोटमा एक÷एक जना म्यादी प्रहरीको मृत्यु भएको छ भने सिन्धुपाल्चोकमा एक जनाले अत्महत्यासहित दुई जनाको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता विष्णु कुमार केसीले जानकारी दिए ।
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी–६ पिपलडाँडाका दुर्गासिं बस्नेतको भीरबाट लडेर मृत्यु भएको थियो भने अनिता भट्टराईले विष सेवन गरी आत्महत्या गरेकी थिइन् ।
नुवाकोटमा खटिएका योगेन्द्र न्यौपानेको पनि दुर्घटनामा मृत्यु भएको थियो । यसैगरी हुम्लामा डेरा गरी बस्दै आएका सर्केगाड गाउँपालिका–६ का जसबहादुर रोका सुतेकै अवस्थामा मृत भेटिएका थिए ।
सरकारले निर्वाचन सुरक्षामा खटिएको बेला ज्यान गुमाएका म्यादी प्रहरीका परिवारलाई प्रतिमृतक २० लाख रुपैयाँको दरले राहत दिने निर्णय गरेको छ । आत्महत्या गरेकाको हकमा भने राहत उपलब्ध नहुने नेपाल प्रहरीले जनाएको छ ।