धनगढी: धनगढी उपमहानगरपालिकास्थित त्रिभनगर माध्यमिक विद्यालयको सरकारी जग्गा र सटरहरुको ठेक्का आह्वान गरिएकोमा लफडा भएको छ। ठेक्काका लागि आज अन्तिम दिन भएकोमा हिजो (आइतबार) बाट लफडा सुरु भएको हो।
यस अगाडिदेखि सो क्षेत्र भाडामा लिएर व्यवसाय गर्दै आएका व्यापारीहरुले हिजो त्रिनगर क्षेत्रमा लफडा मच्चाएकोमा आज नगरपालिका पसेको बताइएको छ।
पहिला विद्यालयले भाडामा दिएको उक्त क्षेत्रको जमिन र सटरहरुको नयाँ ठेक्काका लागि साउन १४ गते उपमहानगरपालिकाले सूचना निकालेको थियो। नगरपालिकाले नयाँ ठेक्कामार्फत भाडामा दिन खोज्दा पहिलेबाट व्यापार गरिरहेकाहरुले ठेक्कामा लफडा गरिरहेको बताइएको छ।
यद्यपि उपमहानगरपालिकाले भने सो विषयमा छलफल भैरहेको र समस्या समाधान गरिने जनाएको छ।
उपमहानगरले ३५ सटर ९ कठ्ठा जग्गा र तालिम हल सहितको भवन भाडा दिन ठेक्काका लागि सूचना निकालेको थियो।