डडेल्धुराः डडेल्धुरामा सर्पले डसेर एक जनाको मृत्यु भएको छ।
जिल्लाको परशुराम नगरपालिका–३ तल्लो शिर्षवका ६० वर्षीय कमलसिँह साउँदको मृत्यु भएको हो।
उनलाई राति सुतेका बेलासर्पले डसेको थियो। उपचारका लागि अस्पताल पुर्याउँदा डाक्टरले मृत घोषण गरेको प्रहरीले जनाएको छ।
यस्तै कैलालीको गोदावरी नगरपालिका-१० मा सर्पले डसेर एक बालकको मृत्यु भएको छ।
खमौराका ५ वर्षीय अखिल मालीको सर्पले डसेर मृत्यु भएको हो। सोमबार बिहान ४ बजेको समयमा सुतीरहेको बेला सर्पले उनलाई डसेको थियो।
लगत्तै मालीलाई धनगढीको नोभा अस्पतालमा पुर्याइएको र उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मालखेतीले जनाएको छ।
Facebook Comments Box