काठमाडौं : नेपाल प्रहरीका इन्सपेक्टर तिलकबहादुर बमविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी परेको छ । आन्दोलनकारीमाथि अत्याधिक बल प्रयोग गरेको आरोपमा उनीमाथि कारबाही माग गरिएको छ ।
गत शनिबार नेपाल बिद्युत् प्राधिकरणका कार्यकारी कुलमान घिसिङको पक्षमा माइतीघरमा भएको आन्दोलनमा इन्सपेक्टर बमले केही अभियान्ताहरुमाथि बल प्रयोग गरेका थिए ।
सोम शर्मा लगायत केहीलाई भुईमा लडाएर मुक्काले हानेको भिडियो भाइरल भएको छ ।
भिड नियन्त्रणमा न्यूनतम बल प्रयोग गर्नुपर्नेमा नियन्त्रणमा लिएर कुटपिट भएपछि प्रहरी विवादमा परेको हो ।
Facebook Comments Box