धनगढी: प्रहरीले कैलालीको धनगढीबाट अवैध मालसामान नियन्त्रणमा लिएको छ। आज (मंगलबार) बिहान ४ बजेतिर धनगढी उपमहानगरपालिका १७ पटेलाबाट लाखौंका अवैध सामान प्रहरीले नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार नेपाल प्रदेश प्रहरी कार्यालय महेन्द्रनगरबाट सई सुशील चन्द र सुदूरपश्चिम प्रदेश प्रदेश कार्यालय धनगढीका वरिष्ठ सई बासुदेव अवस्थी नेतृत्वको टोलीले उक्त सामान बरामद गरेको हो।
प्रहरीले बेवारिसे अवस्थामा फेला पारेका सात लाख बढीका मालसामान (लत्ताकपडा) बरामद गरेको जनाएको छ।
Facebook Comments Box