काठमाडौँ : मन्त्रिपरिषद्को सोमबार बसेको बैठक विभिन्न निकायमा गरी ६ जनालाई नियुक्त र मनोनयन गरेको छ।
उनले खाद्य व्यवस्था तथा व्यापार कम्पनीको रिक्त महाप्रबन्धक पदमा धादिङका रमेश आचार्यलाई नियुक्त छ।
नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडको रिक्त महाप्रबन्धक पदमा इलामका प्रकाशप्रसाद पोखरेललाई नियुक्त गरेको छ।
यस्तै सरकारले भूउपयोग परिषद्को सदस्यमा डा.रेवतीरमण पौडेल, डा.यमुना घले, डा.रेश्मा श्रेष्ठ र जगतबहादुर देउजालाई मनोनयन गरेको छ।
बैठकले निजामती सेवाका राजपत्रांकित प्रथम श्रेणीका सहसचिवहरू इन्द्रविक्रम जोशी र खुमलप्रसाद धमलाले दिएको राजीनामा स्वीकृत गर्ने निर्णय पनि गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले जानकारी दिए।
Facebook Comments Box