धनगढी : सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेले मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ ।
मंगलबार बसेको प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन ह्वीप जारी गरेको प्रमुख सचेतक चक्रबहादुर मल्लले जानकारी दिए ।
उनकाअनुसार प्रदेशसभाको बैठकमा अनिवार्य उपस्थित भएर मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन प्रदेश सभा सदस्यहरुलाई ह्वीप लगाइएको हो ।
२० साउनमा मुख्यमन्त्रीमा नियुक्त भएका शाहले बुधबार दिउँसो ३ बजे बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ ।
Facebook Comments Box