काठमाडौं: उच्च अदालत पाटनका न्यायाधीश रामेश्वर रेग्मीको निधन भएको छ। मस्तिष्कको क्यान्सरबाट पीडित रहेका उनको गएराति उपचारका क्रममा हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा मृत्यु भएको हो।
न्यायाधीश रेग्मीको निधनको शोकमा आज अदालतको सबै कामकारबाही बन्द गरिएको उच्च अदालत पाटनका प्रवक्ता एंव उपरजिट्रार विमल पराजुलीले जानकारी दिए।
मृतक रेग्मीको पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी गरिएको छ। पर्वत स्थायी घर भएका उनी ६१ वर्षका थिए। न्याय प्रशासन सेवाबाट उच्च अदालतमा नियुक्त भएका उनी केही समययता उपचाररत थिए।
Facebook Comments Box