धनगढी : धनगढीमा स्थानीय युवा नीतिको महत्त्व र आवश्यकताका विषयमा छलफल भएको छ । अकाउण्टीविलीटि ल्याब नेपालले बिहीबार धनगढीमा स्थानीय युवा नीतिको महत्त्व र आवश्यकताका विषयमा छलफल गरेको हो ।
धनगढीमा युवा नीतिको आवश्यकता रहेको सहभागीले बताएका छन् । राष्ट्रिय युवा नीतिलाई टेकेर स्थानीय तहमा पनि युवा नीति बनाउन आवश्यक रहेको चन्द्रकान्त पनेरुले बताएका छन् । धनगढीमा भएका समस्यालाई समेटेर युवा नीति बनाउनुपर्नेमा उनले जोड दिएका छन् । युवाको रुचि र क्षमता अनुसार कार्यक्रमहरू ल्याउनुपर्नेमा उनको जोड छ ।
युनएफपिएका मदन बागचनले पहिलेको तुलनामा युवा नीतिको आवश्यकता अहिले फरक भएको बताए । धनगढी उपमहानगरपालिकामा बढी युवा भएको हुँदा युवाबाट रोजगारी सृजना गर्ने कार्यमा बढी जोड दिनुपर्ने उनको भनाई छ । युवाका कामलाई बजारीकरणसँग जोड्नुपर्नेमा ध्यान दिनुपर्ने उनले बताए ।
युनिसेफ नेपालकाका प्रकाश आचार्यले नीति बनाउदा केन्द्रलाई नहेरेर यहाँको आवश्यकता अनुुसार बनाउनुपर्नेमा जोड दिए । यहाँको अवस्थालाई पनि हेरेर नीति बनाउनुपर्नेमा उनको जोड छ । युवाहरुलाई आशा जगाउन सकेमा युवा नीति सफल हुने उनको भनाई छ । कुनै पनि कामलाई नयाँ तरिकाले गर्नुपर्नेमा उनले जोड दिए । युवाहरुलाई मुलधारमा ल्याउनुुपर्ने उनकोे भनाई छ । केही काम नै नभएपछि युवाहरु लागुऔषधमा फसेको अवस्था हुँदा उनीहरुलाई सिप र रोजगारी संग जोड्नुपर्ने उनको भनाई छ । युवालाई उद्यमशिलतामा जोड्ने र डिजीटल शिक्षामा बढी जोड दिनुपर्ने उनको भनाई छ ।
धनगढीमा युवालाई लक्षित गरी कार्यक्रम सञ्चालन गर्नुपर्ने युवा शान्ति परिषद्का अध्यक्ष प्रेम ढुंगानाले बताए । धनगढीमा रहेका दक्ष जनशक्ति कति छन् भनेर ड्राफ्ट बनाएर अघि बढनुुपर्नेमा उनले जोड दिए । धनगढीमा दक्ष जनशक्ति भए पनि काम नपाउँदा उनीहरूलाई समस्या भएको उनले बताए । स्वास्थ्य शिक्षा क्षेत्रमा भएका समस्यालाई धनगढी उपमहानगरपालिकाले ध्यान दिनुपर्ने उनको भनाई छ । । कुन सिप भएका युवालाई कुन क्षेत्रमा जोड्ने भन्ने विषयमा पालिकाले ध्यान दिनुपर्ने उनले बताए ।
नीति बनाएर त्यसमा के छ भन्ने विषयमा सबैलाई जानकारी गराउनु पर्ने मर्सिकोरका संगिता अधिकारी बताइन् ।
युवालाई समेटेर उनीहरुका समस्यालाई लिएर अगाडी बढ्नुपर्ने उनको भनाई छ । अदक्ष जनशक्ति अहिले बाहिर गइरहेको उनले बताइन् । कृषिमा पनि आधुनिकीकरण गर्न सक्यौ भने राम्रो हुने उनको भनाई छ । युवा क्षेत्र दुव्र्यशनमा फस्दै गइरहेको हुँदा यसमा पनि ध्यान दिनपर्ने उनले बताइन् । पढाईसँगै रोजगारीमा ध्यान दिइनुपर्ने उनको भनाई छ ।
दलित अधिकार मञ्चका बिमला कडायतले कामको सम्मान युवाले पाउन नसकेको बताइन् । कामको सम्मानलाई विशेष ध्यान दिइनुपर्ने उनको भनाई छ । महिला दलित तथा अन्य समुदायलाई पनि समेटेर अघि बढ्नुपर्नेमा उनको जोड छ ।
लैगिंक तथा यौनिक अल्पसङ्ख्यक समुदायलाई पनि एकदमै खुलेर आउने अवस्था अझै नभएको एकता नेपालका राज चौधरीले बताए । शिक्षा, तथा रोजगारीमा युवालाई अझै समस्या हुने गरेको छ । पहिचानको कारण रोजगारी पाउन पनि समस्या भएको हुँदा यसमा बढी ध्यान दिनुपर्नेमा उनले जोड दिए ।
ओरेक नेपालका गीता चौधरीले समाज परिवर्तनका लागि युवा नीति आवश्यकता बढी रहेको उनले बताइन् । यसमा युवाहरूको चासो कम देखिएको उनको भनाई छ ।
स्थानीय तहले संघिय सरकारको युवा नीतिलाई टेकेरै नीति बनाउने धनगढी उपमहानगरपालिका सामाजिक विकाश शाखा प्रमुख टंक बहादुर विष्टले बताए । वार्षिक नीतिमा युवा नीति आउँछ तर, आवधिक नीति बन्न सकेको छैन । उनले संघिय सरकारको युवा नीतिलाई टेकेर नीति बनाए पनि यहाँको अवस्थालाई हेरेर नीति निर्माण गर्ने बताए । स्थानीय तहमा कस्तो नीति बनाउनुपर्छ भनेर काम गरिरहेको उनको भनाई छ ।
धनगढी उपमहानगरपालिकाले गरिरहेको काममा अहिले सबै जिल्लालाई समेटेको उनको भनाई छ । धनगढीले बनाउने युवा नीतिले अरू क्षेत्रलाई पनि समेट्ने उनको भनाई छ । उनले युुुवालाई स्वदेश र विदेश दुबै क्षेत्रमा काम लाग्ने सिप सिकाउनुपर्नेमा जोड दिए । नीति बनाउँदा सन्तुलन कायम गरेर बढाउनुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।