धनगढी : डोटीमा बस दुर्घटना भएको छ। धनगढीबाट दिपायलका लागि छुटेको शैलेश्वरी यातायातको ना ५ ख ४४५१ नम्बरको बस रेडियो नेपाल नजिक समुहागाडमा आज बिहान ४ बजेतिर दुर्घटना भएको हो।
दुर्घटनामा १६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। घाइते सबैको सुजङ अस्पताल राजपुरमा उपचार भइरहेकोे छ।
घाइतेहरूको विवरण :
१. डडेल्धुरा गन्यापधुरा गापा-२ रिठा बस्ने वर्ष २३ की सविता देउवा कानमा चोट, अवस्था सामान्य।
२. डोटी दिपायल सिलगढी नपा-६ थाप्ला बस्ने वर्ष २९ को भोजराज धामी टाउकोमा चोट अवस्था मध्यम।
३. डोटी सायल गापा-४ गौरीगाउँ बस्ने वर्ष ८२ को तेजबहादुर सिंह टाउकोमा चोट अवस्था सामान्य।
४. डोटी आदर्श गापा-४ बस्ने वर्ष ३०को कृष्ण विष्ट ढाड र टाउकोमा चोट अवस्था मध्यम।
५. डोटी आदर्श गापा-४ बस्ने वर्ष ३८ को सन्तोष बोहरा कम्मर र हातमा चोट अवस्था मध्यम।
६. डोटी शिखर नपा १० वान्डुङग्रीसैन बस्ने वर्ष ३५ को भरत रावत ढाड, दाँया खुट्टामा चोट अवस्था मध्यम (चालक)
७. डोटी दिपायल सिलगढी नपा-१ तिखा बस्ने वर्ष ४० को डम्मरीदेवी खड्का खुट्टा, टाउको र कम्मरमा चोट।
८. डोटी दिपायल सिलगढी-४ राजपुर बस्ने वर्ष ३८ को दिलबहादुर नेपाली कम्मरमा चोट अवस्था।
९. डोटी सायल गापा-४ डौड बस्ने वर्ष ६५ को हर्कबहादुर सिंह ढाड र दाँया खुट्टामा चोट अवस्था मध्यम।
१०. डोटी केआईसिंह गापा-२ डुम्राकोट बस्ने वर्ष ४२ को कमल विक्रम शाही (बस साहु) दाँया खुट्टा, टाउको छाती र दाया हातमा चोट अवस्था मध्यम।
११. डोटी दिपायल सिलगढी-६ बस्ने वर्ष २९ को भेषराज धामी टाउको हातमा चोट
१२. डोटी आदर्श-१ बस्ने वर्ष २३ को प्रकाश खड्का टाउकोमा चोट अवस्था मध्यम
१३. डोटी पूर्वीचौकी गापा-७ टिमुर दह बस्ने वर्ष २१ को हिक्मत विक हात खुट्टा मुखमा चोट अवस्था मध्यम
१४. डोटी बोगटान फुड्सिल गापा- ६ पलाडी वस्ने वर्ष ३५ को देवबहादुर बोगटी हात खुट्टा टाउकोमा चोट अवस्था मध्यम।
१५. डोटी सायल गापा- ४ वर्ष ५६ को लाल वीरे भूल टाउको हात ढाड खुट्टामा चोट अवस्था मध्यम।
१६. डोटी सायल गापा- २ बस्ने वर्ष ४० को दलबहादुर बयाडी कम्मर खुट्टामा चोट।
जिल्ला डोटी दिपायल सिलगढी-४ रेडियो नेपाल बस्ने लक्ष्मण बोगटीको पक्की घरको छतको दक्षिण पट्टीको कुना र एकतले कच्ची टिनले छाएको भान्सामा क्षति र अर्जुन ठोकरको एकतले कच्ची टिनले छाएको भान्सामा क्षति भएको प्रहरीले जनाएको छ।