धनगढी: सुदूरपश्चिममा सत्ता पक्ष अर्थात नेपाली काँग्रेसका प्रमुख सचेतक विक्रम धामीले सरकारी गाडी कब्जा गरेको आरोप लागेको छ। धामीले तत्कालीन समयमा प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतकको हैसियतले प्राप्त सवारी (गाडी) सुविधा फिर्ता नगरेर कब्जा गरेको पाइएको हो।
प्रदेश सभा सचिवालयले धामीले पटकपटक गाडी फिर्ताका लागि आग्रह गर्दा पनि हालसम्म गाडी फिर्ता नगरेको जनाएको छ। उता धामीले भने आफूले चाडैं गाडी फिर्ता गर्ने दाबी गरेका छन्। आफ्नो सवारी चालकलाई समस्या परेकाले फिर्ता गर्न ढिलाई भएको उनको भनाई छ।
तत्कालीन प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस अहिले सत्ता समीकरण फेरिएर सरकारको नेतृत्वमा छ। तत्कालीन समयमा सरकारमा रहेको नेकपा माओवादी केन्द्र भने प्रमुख प्रतिपक्षी बनेको छ। माओवादीकी गितादेवी माल प्रमुख सचेतक छन्।
Facebook Comments Box