धनगढी: सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमा प्रवक्ता फेरिएका छन्। मन्त्रालयको प्रवक्तामा हेमराज खड्कालाई हटाएर गणेश सिंहलाई ल्याइएको हो।
खड्कालाई सट्याकसुटुक हटाएर विवादित सिंहलाई ल्याइएको स्रोतले जनाएको छ। स्रोतका अनुसार सो विषय मन्त्री मेघराज खड्कालाई समेत जानकारी दिइएको थिएन।
मन्त्रालयका सचिवले मन्त्रीलाई समेत जानकारी नदिएर प्रवक्ता फेरेको आरोप छ।
Facebook Comments Box