धनगढी: कञ्चनपुरमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोको टोली आएको छ। अस्ति नै महेन्द्रनगर पुगेको टोलीले वेदकोटमा भएको घटनाको छानबिन तथा अनुसन्धान थालेको बताइएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डिएसपी उमेशराज जोशीका अनुसार इन्सपेक्टर सुर्य शाहीको कमाण्डमा सिआईबी टोली आएको हो।
केही समय अगाडि जिल्लाको वेदकोट नगरपालिका-१० का २३ वर्षीय प्रविन डगौरा मृत फेला परेका थिए।
उनी राति रोडमा मृत फेला परेकोमा उनको टाउकोमा चोट लागेको थियो। स्रोतका अनुसार त्यतिबेला उनी राति आफ्नी प्रेमीका (गर्लफ्रेन्ड) लाई भेट्न भनेर गएका थिए।
सो घटनाको जिल्लास्थित प्रहरीको टिमले अनुसन्धान गरेपनी त्यसको निष्कर्ष निकाल्न सकेन। त्यसपछि सिआईबी टोली नै अनुसन्धानका लागि आएको हो।
अहिले सिआईबी टोलीले प्राविधिक टिमसहित खटाएर अनुसन्धान अगाडि बढाइएको बताइएको छ।
र यो पनि: कञ्चनपुरमा युवक मृत फेला, गर्लफ्रेन्ड भेट्न गएका थिए