बझाङ : प्रगतिशील युवा समाजको आयोजनामा विद्यालय शिक्षामा सूचना तथा सञ्चार प्रविधीको प्रयोग सम्बन्धी कार्यविधी निर्माण तथा छलफल कार्यक्रम शनिबार चैनपुरमा भएको छ ।
वल्र्डभिजन ईन्टरनेस्नल नेपालको आर्थिक सहयोगमा जयपृथ्वी नगरपालिकामा सञ्चालित “विद्यार्थीहरुका लागि प्रबिधीमैत्री शिक्षा सिक्ने अवसर” (टेलस) परियोजना अन्र्तगत विद्यालयमा सुचना तथा सञ्चार प्रविधीको प्रयोग सम्बन्धी कार्यविधी निर्माण तथा छलफल भएको हो ।
कार्यक्रममा जयपृथ्वी नगरपालिकाका शिक्षा शाखा प्रमुख निरज प्रशाद रेग्मीले टेलस परियोजनाले नगरपालिकाका ८ ओटा विद्यालयमा स्थापना गर्दै गरेको आईसिटी ल्याबले विद्यार्थी लगायत शिक्षक तथा अभिभावकलाई प्रविधी संग नजिक गराउने बताए । साथै उनले नगरपालिकाबाट पनि आवश्यक सहयोग उपलब्ध गराउने बताए ।
कार्यक्रममा प्रगतिशिल युवा समाजका अध्यक्ष रमेश केसीले सञ्चार र प्रविधीको युगमा विद्यार्थी तथा आम नागरिकले प्रविधीमा अगाडी बढ्न जरुरी भएको बताए ।
कार्यक्रममा स्वागत तथा कार्यक्रमको उदेश्य माथी प्रकाश पार्दै वल्र्डभिजन ईन्टरनेस्नल नेपालका जमुना श्रेष्ठले जयपृथ्वी नगरपालिकाका आठ ओटा स्कुलमा लागु भईरहेको टेलस परियोजनाले स्कुलमा बन्दै गरेको आईसिटील्याबको सञ्चालन तथा व्यवस्थापनका लागी कार्यविधी निर्माण गर्न कार्यक्रमको आयोजना गरिएको बताईन् ।
कार्यक्रममा जयपृथ्वी नगरपालिकाका पाण्डु माध्यामिक विद्यालय, निलकट्टी माध्यामिक विद्यालय, सुर्मा आधारभुत विद्यालय र नारायण माध्यामिक विद्यालय आधारभुत विद्यालयका विद्यालय व्यवस्थापन समितीका अध्यक्ष, प्रधानाध्यापक, शिक्षक अभिभावक संघका अध्यक्ष तथा प्रतिनिधी, कम्प्यूटर शिक्षक, बालक्लबका अध्यक्ष लगायत प्रतिनिधीहरु गरी ३० जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा विद्यालय शिक्षामा सुचना तथा सञ्चार प्रविधीको प्रयोग सम्बन्धी कार्यविधी निर्माण गरिएको थियो ।
जयपृथ्वी नगरपालिकाका कार्यबाहक नगरप्रमुख डम्बर बहादुर सिंह प्रमुख अथिती रहको कार्यक्रममा मिन शाही प्रशिक्षक रहेका थिए भने कार्यक्रमको सञ्चालन प्रगतिशिल युवा समाजका कार्यक्रम अधिकृत पाण्डव पुजाराले गरेका थिए ।