काठमाडौं : उच्च अदालत बार एशोसिएशन पाटनको हिजो सम्पन्न निर्वाचनमा एमाले निकटस्थ कानुन व्यवसायीहरु विजयी भएका छन् । पिपिएलएका विदुर ढुंगाना नेतृत्वको प्यानल अत्यधिक मतान्तरले विजयी भएको हो ।
विदुरले एक हजार एक सय ४० मत ल्याउँदा एकीकृत समाजवादीबाट गोपाल श्रेष्ठले ४९० मत ल्याएका थिए ।
उपाध्यक्षमा विष्णुऋषि कोइरालाले एक हजार एक सय ४२ र उनका प्रतिस्पर्धी दुर्गाप्रसाद चिमरियाले ४४० मत पाएका छन् । त्यसैगरी पहिलो सचिवमा विजयी प्रवल शर्माको एक हजार एक सय ५१ मत र देवीप्रसाद रिजालको ४३० तथा अर्का सचिव सुशीला चौधरीको एक हजार एक सय ४३ र उनकी प्रतिस्पर्धी यशोदाकुमार पाण्डेको ४३२ मत आएको छ ।
कोषाध्यक्षमा विजयी भुपाल बस्नेतले एक हजार एक सय ४५ र पराजित लक्ष्मी रेग्मीले ४३१ मत पाएको निर्वाचन समितिले जनाएको छ । तीन जना महिला सदस्यमा क्रमशः विमलाकुमारी शर्माले एक हजार एक सय ७३, जितिन्द्रा विष्टले एक हजार ३५ र पुष्पा भुसालले एक हजार एक सय ५४ मत ल्याएका छन् । प्रतिस्पर्धी उपमा पोखरेलले ६३१ मत पाइन् ।
११ जना सदस्यमा क्रमशः चित्रबहादुर कुताल विष्ट,रामानन्द चौधरी थारु, तिलकबहादर पाण्डे, भानु निरौला,छन्दप्रसाद आचार्य,भिष्मप्रसाद पौड्याल,सुशीला श्रेष्ठ, कृष्णसिंह महरा,रेशम कँडेल,निकेशकुमार लम्साल र केशव खतिवडा छन् । ती सबैले एक हजार ७ मतदेखि एक हजार दुई सय ७४ सम्म पाएको देखिन्छ ।
प्रतिस्पर्धी क्रमशः नविन धिताल ४२४, जमुना भुसाल ७०१, राजन केसी ५०२, राजकुमार महतो ४७९ र दुर्गाप्रसाद खनालले ५३१ मत प्राप्त गरेर पाएका छन् ।