धनगढी: धनगढीमा मृत अवस्थामा फेला परेकी युवतीको शरीरमा निलडाम रहेको खुलेको छ। पीडित परिवारका आफन्तले मृतकको शरीर नाङ्गै रहेको र निलडाम पनि देखिएको जनाएका छन्।
हिजो (आइतबार) धनगढी उपमहानगरपालिका-१ काे चकमेली चाेक नजिकै युवती मृत अवस्थामा फेला परेकी थिइन्।
कञ्चनपुरकाे बेलाैरी नगरपालिका घर भएर धनगढीमा डेरा गरि बस्दै आएकी १९ वर्षीया आस्था थापा मृत अवस्थामा भेटिएकि थिइन्। आफन्तले भने उनको हत्या भएको भनेका छन्। यस्तै उनीहरूले घटनाको दिन उनकी साथी मोनिका कोठामा नरहेको र महेन्द्रनगर जान्छु भन्दै एक दिन अगाडि गएको बताएका छन्।
तिनै साथी फर्किएपछि घटनाको बारेमा जानकारी भएको आफन्तहरुको भनाई छ। अहिले अस्पतालमा राखिएको थापाको शव आफन्तले बुझेका छैनन्। उता प्रहरीले भने घटनाको थप अनुसन्धान भैरहेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लाेकेन्द्रसिंह कार्कीका अनुसार आइतबार दिउँसो डेरा गरि बस्ने थापा काेठाको झ्यालमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन्।
आफन्तले भने यस घटना शंकास्पद भनिरहेका छन्। अहिलेसम्म उनको शव उठाइएको छैन।
थापा शैलेश्वरि फारवेष्ट स्कुल अफ हेल्थ साइन्समा हेल्थ असिस्टेन्ट प्रथम वर्षमा पढ्दै आएकी थिइन्। उनी प्रेम सम्बन्धमा पनि रहेको बताइएको थियो।
र, यो पनि: धनगढीमा एचए पढ्ने बेलौरीकी आस्था मृत फेला