धनगढी : स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) मा पञ्चदेवल बिनायक नगरपालिका जिल्लामा दोश्रो बनेको छ ।
जिल्लाको १० वटा पालिकामध्ये लिजामा साफेबगर नगरपालिका पहिलो बनेको हो । आर्थिक वर्ष २०७९/८० मा साफेबगर नगरपालिका ७७.२५ अंक ल्याएर पहिलो बन्न सफल भएको छ ।
७१ अङ्क ल्याएको पन्चदेवल बिनायकले गत बर्ष भन्दा लिजामा गुणात्मक फड्को मारेको छ । पालिकाले संस्थागत सुधार , भौतिक पुर्वाधार, सामाजिक समाबेसिकरण र सहकार्य तथा समन्वयमा उत्कृष्ट अङ्क प्राप्त गएको छ ।
देशभरका स्थानीय तहमा संस्थागत क्षमता स्वमूल्याङ्कन (एलआईएसए– लिजा) कार्यान्वयनमा रहेको छ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि, २०७७ जारी गरी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको स्वमूल्याङ्कन गर्ने कार्यक्रमलाई उच्च प्राथमिकताका साथ सञ्चालन गरिरहेको छ ।
यो प्रणालीमा स्थानीय तहले निश्चित सूचकका आधारमा आफ्नो मूल्याङ्कन आफैँ गरी आफैँबाट सुधारको मार्गप्रशस्त गर्नसक्ने व्यवस्था गरिएको छ ।