धनगढी : बझाङको थलारा गाउँपालिका कार्यसम्पादनमा अब्बल बन्दै गएको छ । १२ स्थानीय तह रहेको बझाङमा थलारा जिल्लामै दोस्रो बनेको छ ।
स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा ६२ प्रतिशत अङ्क प्राप्त गरेको थलारा जिल्लामै दोस्रो बनेको हो ।
आर्थिक वर्ष २०७९/०८० को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा हालसम्मको नतिजा अनुसार छब्बीस पाथिभेरा गाउँपालिका ६५.५० अंकसहित पहिलो, थलारा दोस्रो र ६१ अंक ल्याएको केदारस्यु गाउँपालिका तेस्रो स्थानमा छ।
यस्तै जयपृथ्वी नगरपालिकाले ६०.२५ प्रतिशत अङ्क, बित्थडचिरले ५८.७५ प्रतिशत अङ्क, खप्तडछान्ना गाउँपालिकाले ५६.२५ प्रतिशत अङ्क, तलकोट गाउँपालिकाले ५६ प्रतिशत अङ्क, मष्टा गाउँपालिकाले ५१.५० प्रतिशत अङ्क, दुर्गाथली र साइपाल गाउँपालिकाले समान ४९.७५ प्रतिशत अङ्क र बुङ्गल नगरपालिकाले ४७ प्रतिशत अङ्क प्राप्त गरेको छ ।
Facebook Comments Box