धनगढी : कैलालीको अत्तरियामा यौनधन्दामा संलग्न ५ जना पक्राउ परेका छन् ।
अत्तरियाका विभिन्न होटलहरुमा अनैतिक क्रियाकलाप भइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीले छापा मारेरको थियो ।
सोही क्रममा प्रहरीको अपराध अनुसन्धान शाखाबाट खटिएको टोलीले सार्थक होटल र बिजय होटलबाट ३ पुरुष र २ महिलालाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार पक्राउ परेकामध्ये होटल सञ्चालकसमेत रहेका छन्। उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ।
पछिल्लो समय अत्तरिया बजार क्षेत्रका होटलहरुमा अनैतिक क्रियाकलाप हुने गरेको गुनासो आएपछि प्रहरीले अनुगमनलाई कडा बनाउँदै आएको जनाएको छ।
Facebook Comments Box