धनगढी: सुदूरपश्चिम विश्वविद्यालयले एक वर्षे बीएड सञ्चालन गर्ने भएको छ। चालू आर्थिक वर्षदेखि नै विश्वविद्यालयले एक वर्षे बीएड सञ्चालन गर्ने जनाएको छ।
जसमा दुई सेमेस्टर हुनेछन्। तर यसको शिक्षा सम्बन्धि सरोकारवालाले भने आलोचना गरेका छन्।
त्यस्तै सुदूरपश्चिम विश्वविद्यालयले इन्जिनियरिङ, चिकित्साजस्ता प्राविधिक कोर्सहरू काठमाडौं, वीरगञ्ज, नेपालगञ्ज, सुर्खेतका विद्यार्थीलाई पढाउन सम्बन्धन दिएको आरोप पनि लागेको छ।
सुदूरपश्चिम विश्वविद्यालयले सुदूरपश्चिम प्रदेशभन्दा बाहिर प्राविधिक विषयहरुका ३२ वटा भन्दा बढी क्याम्पसहरु लाई केही दिन अघिमात्रै सम्बन्धन दिएको बताइएको हो।
कमिसन लिएर विश्वविद्यालयबाट कोर्सहरु बेचिएको बताइएको छ भने त्यसको विद्यार्थी संगठनहरुले पनि विरोध गरिरहेका छन्।
Facebook Comments Box