धनगढी : कैलालीको अत्तरियाको एक होटलबाट यौनधन्दामा संलग्न तीन जना पक्राउ परेका छन् ।
अत्तरियास्थित गोकुलेश्वर होटलमा अनैतिक गतिविधि गरिरहेको अवस्थामा १ महिला र २ पुरुष पक्राउ परेका हुन् ।
गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मालाखेतीको टोलिले होटलमा छापा मारेको थियो ।
छापाको क्रममा पक्राउ परेका तीनै जनालाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै शनिबार अत्तरियाका विभिन्न होटलबाट यौनधन्दामा संलग्न ५ जना पक्राउ परेका थिए ।
Facebook Comments Box