काठमाडौं: जिल्ला प्रहरी परिसर ललितपुरका नायब उपरीक्षक (डिएसपी) सुधिर राई ‘पुलिस अफ द मन्थ’ घोषित भएका छन्।
परिसरले उनीसहित ९ जनालाई साउन महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको हो। परिसरका प्रमुख वरिष्ठ उपरीक्षक (एसएसपी) शेखर खनालले आज उनीहरुलाई पुरस्कार तथा प्रशंसा पत्र प्रदान गरे।
प्रहरी सङ्गठनले दिएको जिम्मेवारी लगनशील, वफादार र कर्तव्यनिष्ठ भई पूरा गरेकोले नगद पुरस्कार तथा प्रशंसा पत्र प्रदान गरिएको जनाइएको छ।
पुरस्कृत हुनेमा नायब निरीक्षक (असई) हिमाल पौडेल, वरिष्ठ हवल्दार खुमबहादुर घिमिरे, हवल्दार राजेश लामा र गोपाल श्रेष्ठ, सहायक हवल्दार कोषबहादुर बस्नेत, जवान तेजराज शर्मा, देवकृष्ण यादव, सन्तोष विष्ट र ताराबहादुर राउत रहेका छन्।
Facebook Comments Box