काठमाडौं: नेपाल प्रहरीको ३० बर्षे सेवा अवधिको मुद्दाको टुङ्गो चाँडै लाग्ने भएको छ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र विनोद शर्माको इजलासले शुक्रबारका लागि पेसी तोकेका हुन्।
मुद्दाको प्रकृति र गाम्भीर्यतालाई मध्यनजर गर्दै अदालतले भोलीका लागि पेसी तोकिएको हो।
एसएसपी जीवन श्रेष्ठसहितका प्रहरी अधिकृतहरुले दिएको रिट निवेदनमा सर्वोच्चका न्यायाधीश हरि फुँयालले दिएको आदेशको विरुद्धमा सरकार भ्याकेटमा गएको थियो।
महान्यायाधिवक्ता कार्यालयमार्फत भ्याकेटमा गएको गृहमन्त्रालयले उक्त फैसलाको खारेजको माग गर्दै भ्याकेटमा गएको हो।
ऐन बनाउने प्रक्रियामै रहेका बेला सर्वोच्चले दिएको आदेश नमिलेको, त्यसले प्रहरीको ‘चेन अफ कमान्ड’ भत्काएको भन्दै सरकारले आदेश पुनरवलोकनका निम्ति निवेदन दिएको थियो।
सेवाहदका आधारमा अवकाशको पत्र पाउँदा एक तह बढुवा समेत लिएर फुली लगाइसकेकाको व्यवस्थापनले चुनौतीपूर्ण हुने उक्त निवेदनमा उल्लेख छ।