धनगढी : बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको जयपृथ्वी नगरपालिका–३ की ४० वर्षीया खुडकी ऐरीको भिरबाट लडेर मृत्यु भएको हो ।
आज (शुक्रबार) घाँस काटने क्रममा भिरबाट लडेर ऐरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बझाङबाट प्रहरी टोली खटिएर शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ ।
घटना सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
यस्तै कञ्चनपुरमा एक युवक मृत अवस्थामा फेला परेका छन् । जिल्लाको दोधारा–चाँदनी नगरपालिका–७ कञ्चभोजस्थित सडक छेउमा एक जना मृत अवस्थामा फेला परेका हुन् ।
कञ्चभोजका २६ वर्षीय अर्जुन सुनार आज (शुक्रबार) मृत अवस्थामा फेला परेका हुन् ।
यस विषमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box