धनगढी: धनगढीका एक युवककाे सवारी दुर्घटनामा मृत्यु भएकाे छ।
आइतबार राति सवा १ बजेतिर गोदावरी नगरपालिका- १ धनगढी रोड पाठक पेट्रोल पम्प नजिकै राेकिएकाे ना ४ ख ९६३ नम्बरकाे ट्रकमा से ५ प ५८२७ नम्बरकाे माेटरसाईकल ठाेक्किएकाे थियोे।
उक्त दुर्घटनामा गम्भीर घाइते भएका माेटरसाईकल चालक धनगढी उपमहानगरपालिका-२ भन्सार रोड बस्ने अन्दाजी २९ वर्षीय कैलाश थापाकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बाेहाेराले जानकारी दिए ल।
उनकाअनुसार थापालाई उपचारका लागि सेती प्रादेशिक अस्पताल पठाइएकोमा उपचारका क्रममा मृत्युु भएकाे हाेम
माेटरसाईकल पछाडि सवार साेही ठाउँ बस्ने २५ वर्षीय भुपेश पाल घाइते छन् । उनकाे पद्मा अस्पतालमा अत्तरियामा उपचार जारी छ ।
ट्क र चालक बझाङकाे बित्थडचिर गाउँपालिका- २ का भरत बाेहाेरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।