धनगढी : सुदू्रपश्चिम प्रदेशमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिल्लीराज बिष्टसहितका १३ जना प्रहरी अधिकृत सेवा निवृत्त (रिटायर) भएका छन्।
प्रदेश प्रहरी कार्यालयमा कार्यरत एसएसपी बिष्टसहित तीन जना प्रहरी उपरीक्षक (एसपी) र ९ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) सेवा निवृत्त भएका हुन्। सेवा निवृत्त हुने एसपीमा प्रहरी गण धनगढीमा कार्यरत देबेन्द्रबहादुर पाल, प्रेम बस्नेत र डोटीका विष्णुहरी कोइराला रहेको प्रदेश प्रहरी कार्यालयका एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए।
उनकाअनुसार प्रदेश प्रहरी कार्यालयमा कार्यरत भरत चौधरी, हिक्मत बोहोरासहितका ९ जना डीएसपी समेत रिटायर भएका छन्।
उनीहरु सबैको आइतबार प्रदेश प्रहरी कार्यालयमा आयोजित औपचारिक कार्यक्रमकाबीच प्रदेशका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) रबिन्द्र केसी बिदाई गरेका छन्।
Facebook Comments Box