काठमाडौं: प्रधानमन्त्रीले सुदूरपश्चिम प्रदेशमा मनाइने विशेष चाड गौरा पर्वको कार्यक्रम बहिष्कार गरेका छन्। हिजो काठमाडौंमा एमालेको सुदूरपश्चिम प्रदेश सम्पर्क कमिटीले कमलादीस्थित राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा सांस्कृतिक कार्यक्रम मनाएकोमा प्रधानमन्त्रीले सो कार्यक्रम बहिस्कार गरे।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बनाइएकोमा उनी नआएको बताउएको छ। भदौ १० गते प्रधानमन्त्री ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सहभागी कार्यक्रममा चर्को नाराबाजी भएको थियो। टुँडिखेलमा आयोजित कार्यक्रममा उनीहरुविरुद्ध केही युवाहरुले ‘केपी चोर, देश छोड’,‘देउवा-मूर्दावाद’ लगायतका नारा लगाएका थिए।
सोही घटनापछि राजधानीमै मनाइएको अर्को कार्यक्रममा प्रधानमन्त्री ओली नगएका हुन्।उसो त टुँडिखेलमा विरोध गर्ने ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएर छोडेको थियो। युवाहरुको विरोधपछि प्रधानमन्त्री ओली यस्ता खुल्ला कार्यक्रममा जान हच्किएको बताइएको छ।
त्यसपछि प्रधानमन्त्रीको साटो कार्यक्रममा महासचिव शंकर पोखरेल उपस्थित गएका थिए।