काठमाडौं: नेपाल सरकारका गृहमन्त्री तथा नेपाली काङ्ग्रेसका नेता रमेश लेखक पर्सि गृहजिल्ला र गृहप्रदेश आउने भएका छन्। लेखक पर्सि (१८ गते) बिहान सुदूरपश्चिमको धनगढी हुँदै गृहजिल्ला कञ्चनपुर आउने कार्यक्रम छ।
स्रोतका अनुसार लेखक गृहजिल्लामा बनेका प्रहरी कार्यालयका संरचना तथा एक इलाका प्रहरी कार्यालयको उद्घाटन गर्न आउन लागेका हुन्।
गृहमन्त्री बनेपछि पहिलोपटक गृहजिल्ला आउन लागेका उनको विभिन्न स्थानमा भेटघाट कार्यक्रम पनि तय गरिएका छन्। यस्तै उनले धनगढीमा प्रहरीकै पेट्रोल पम्प पनि उद्घाटन गर्ने बताइएको छ। यस अगाडि सो संरचना नेपाल प्रहरीकै आईजीबाट उद्घाटन गराउने तयारी थियो। तर गृहमन्त्री लेखक सुदूरपश्चिमकै भएकाले उनले आफैंले उद्घाटन गर्न खोजेको जनाइएको छ।
यस्तो छ भेट तालिका
Facebook Comments Box