धनगढी: कैलालीको पिके होटलमा यौनधन्दा हुने गरेको पाइएको छ। जिल्लाको गोदावरी नगरपालिका-१ मनहरास्थित होटलमा यौनधन्दा हुने गरेको पाइएको हो।
गोप्य सूचनाको आधारमा प्रहरीले छापा हान्दा धन्दाको खुलासा भएको हो। आजमात्र प्रहरीले सो होटलमा अनैतिक क्रियाकलापमा संलग्न ३ जनालाई नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा गोदावरी नगरपालिका-२ अत्तरिया बस्ने ३६ वर्षीय युवक, बझाङको सुर्मा गाउँपालिका-२ बस्ने २१ वर्षीय युवक र दाङको घोराही नगरपालिका २ घर भएकी २४ वर्षीया युवती रहेकी छन्।
Facebook Comments Box