धनगढी: नेपाल सरकारका गृहमन्त्री रमेश लेखक र नेपाल प्रहरीका आइजीपीले हिजो धनगढीमा रहेको आसरा सुधार केन्द्रको अनुगमन गरेका छन्। हिजो धनगढी ओर्लिएका मन्त्री लेखक र आइजीपी वसन्त बहादुर कुँवरले धनगढी उपमहानगरपालिकाको फुलबारी स्थित आसरा सुधार केन्द्रको एकसाथ अनुगमन तथा निरीक्षण गरेका हुन्।
यस्तै त्यसपछि हिजै कञ्चनपुरको महेन्द्रनगर आएका गृहमन्त्री र आइजीले आज बिहान नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर कञ्चनपुरकाे नवनिर्मित भवनहरुकाे उद्घाटन गरेका छन्।
प्रहरी कार्यालयका नयाँ भवनहरु बनेका थिए। तिनै भवन उद्घाटन गर्न गृहमन्त्री लेखक आफ्नो गृहजिल्ला आएका हुन्।
विसं २०७९ मंसिर २९ गते आशिस कन्ट्रक्सनसँग उक्त भवन निर्माण गर्न १३ करोड २६ लाखमा ठेक्का सम्झौता भएको थियो।
Facebook Comments Box